धनगढी- धनगढी उप–महानगरपालिका १६ का जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई मंगलबार न्यानो कपडा वितरण गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं १६ का अडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले वडामा रहेका ४ सय २५ जना जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई जाडोमा ओढ्नका लागि कम्वल वितरण गरेका हुन ।



‘जाडोको सबैभन्दा बढी प्रभाव जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई पर्ने गर्दछ,’ नगरप्रमुख वडले भने, ‘त्यसैले वहाँहरुलाई राहत पुगोस भनेर कम्वल वितरण गरेका हौं ।’ धनगढी उप–महानगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताए । ‘जेष्ठ नागरिकका लागि फुलवारीमा ठूलो भवन निर्माण गरेका छौं,’ नगरप्रमुख वडले भने, ‘उप–महानगरपालिकाका ३ हजार ५ सय भन्दा बढीलाई आयआर्जनका लागि सिपमुलक तालिम संचालन गरिसकिएको छ ।’
नगरप्रमुख वडले अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि राहत पुग्ने कार्यक्रमहरु संचालन गरिरहेको नगरप्रमुख वडले बताए ।’वडा अध्यक्ष लक्ष्मी नारायण चौधरीले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई न्यानो लुगा वितरण गर्नका लागि वडा कार्यालयबाट बिनियोजन गरेको बताए । उनले भने- गएका बर्ष पनि जाडोमा सबै जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका थियौं ।

























