२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

विदेशबाट फर्किएका युवा सामूहिक बाख्रापालन शुरु

 गुल्मी- पैसा कमाउन युवाहरु खाडी लगायत अन्य मुलुक जाने प्रचलन छ । तर कतिपय युवाहरु भने विदेशबाट फर्किएर स्वदेशमै विभिन्न व्यवसायमा जुटेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ का स्थानीय नवराज मरासिनी, तेजबहादुर पुन र रघुनाथ पन्थी मिलेर सामूहिक रुपमा बाख्रापालन गरेका हुन् ।

नवराज मरासिनी कतारमा र तेजबहादुर पुन दुबइमा ५/५ वर्ष बसेर नेपाल फर्किएका हुन् । रघुनाथ पन्थी भने स्थानीय समाजसेवी हुन् ।

उनीहरु मिलेर ३ वर्ष पहिलेबाट बाख्रापालन सुरु गरेका हुन् । ५ लाख लगानीमा २० वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनीहरुको बाख्रा अहिले ५२ वटा पुगेका छन् ।

उनीहरुले लोकल खरी र बोयर जातका बाख्रापालेका हुन् । उनीहरुले सुरु गरेको बाख्रापालन व्यवसायमा स्थानीयले रोजगारी समेत पाएका छन् । अहिले जिल्लामा धेरै मनिस हरु ले बाख्रापालन गर्दै अाएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।