कुलमान घिसिङ रामेछाप को बेथान गाऊमा सामान्य परिवार मा जन्मेका थिए। कक्षा-५ सम्मको प्रारम्भिक अध्ययन गरि अध्ययनकै क्रममा काठमाडौं गएका थिए। बालसेवा माध्यमिक विद्यालय, अमरआस बोर्डिङ स्कुल र अस्कल क्याम्पस बाट आईएसी गरेपछि छातृबृतिमा भारतको जम्सेदपुर बाट बिधुतिय ईन्जिनियरिङ सन १९९४ मा गरे। पुल्चोक क्याम्पस बाट पावर सिस्टम ईन्जिनियरिङ्मा मास्टर्स गर्दा
“इन्ट्रिगेटेड रिसोर्स प्लानिंग विथ डिमानणड साइट म्यानेजमेन्ट”मा थेसिस गरेका उनले पोखरा विश्वबिद्यालय बाट EMBA गरे।
भारतबाट फर्के लगतै नेपाल बिद्युत प्राधिकरण मा ७औ तहका ईन्जिनियरिङ्म भए। रसुवाको चलिमे जलबियुत परियोजना मा जिम्मेवारी पाए। चिलेम हाइड्रोपावरमा प्रबन्धक रहदारहदै चिलेमकै आम्दानी बाट तिनओटा आयोजना सफल पारेका थिए। देशबिकससका लागी नयाँ धरोहर बनी ऊभिएका घिसिङ ले वि.सं २०७३ आश्विन तिर नेपाल बिद्युत प्राधिकरण को प्रबन्ध निर्देशक भए।



साबिकको १८ घन्टा हुने लोडसेडिङ लाइ शुन्य मा पार्ने सफल भए कार्यकाल समालेको केहि महिना मै। स्पष्ट भिजन विकासवादी सिद्दान्त बोकेका कुलमानले प्रबन्ध निर्देशक भएको एक महिनामै १४ कार्तिक २०७३ मा काठमाडौं लाइ झिलिमिलि बनाए यानकि लोडसेडिङ को चपेटामा बाट बहर्निगम गरिदिए।बि.सं २०७३ चैत्र ०१ गते बाट पुरै नेपाल जाहाँ १८/१८ घन्टे लोडसेडिङ बाट गुज्रिरहेको थियो। त्यो शुन्य झर्यो। तर वर्तमान मा उहाँ को कार्यकाल सकिदै लाग्दा उहाँलाई निरन्तरता दिने र नदिने भन्ने कुरामा मत बाझीदै छ। स्मरण रहोस्। “कुलमान छन त देश उज्यालो छ हासिरहेछ” उहाँले निरन्तरता पाउनै पर्छ।
राजनीति को धमिलो गन्ध विकासका कार्यहरु पर्ने दिनु हुन्न! कुलमान मा बिद्युत तिरमा जुन मास्टर माइन्ड प्लानिंग छ त्यो कुनै अरु संग छ।
यस्तो भनौ उहाको बिकल्प छैन। राजनिति को होडबाजी मा एक जवाज युवा गुम्नु हुन्न। कुलमान गुमे हाम्रो देश एकपटक फेरि अन्धकारको बाटो जाने निश्चित हुनेछ।
उहाँले एक कार्यकाल देशलाइ लोडसेडिङ मुक्त, बिजुली बिलमा सहुलियत थुप्रै राम्रा काम गरेका छन। यदि कुलमान घिसीङले पुन दोस्रो कार्यकाल पाउने छन भने उहा का अधुरा ड्रिम जनताका मुहारका खुसी हुनेछन। अनयन्त्रित रुपमा बिछ्यायका तारहरु भुमिगत हुनेछन। काठमाडौं बाट सुरु गर्न भनिएको यो कार्यक्रम उहाँको गुरुयोजना नै हो।
जनताको लागी उज्यालो अभियान
कुलमान पाउनुपर्छ निरन्तरता
#जयदेश
#जयकुलमान
लेखक – जनक जाेशि ( गन्यापधुरा)

























