२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बागथला विजगडा हुदै दार्चुला जोड्ने सडक मन्त्री बोहराद्धारा सिलान्यास

बझाङ; –बझाङको केदास्यु गाउँपालिकाकाे बागथला र बुंगल नगरपालिका विजगडा हुदै दार्चुला जोड्ने बागथला विजगडा गनै सडकको सिलान्यास गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराले शुक्रबार एक कार्यक्रमका विच सडक शिलान्यास गर्नु भएको हो । सुदुरपश्चिम प्रदेश सरकारको ८२ करोडको लागतमा निमार्ण हुन लागेको उक्तm सडकको धनगडिको के.ए.स कन्टक्सनले ठेक्का पाएको छ । २ बर्ष भित्र निमार्ण सम्पन्न गर्ने गरि २४ किलोमिटर सडकमा मेसिनरिवाल कल्भड नाली र सडक कालोपत्रे हुने भएको छ ।

सडक स्तरउन्नतीको काममा बाधा नआए सम्झौता अवधीमै सडक स्तरउन्नतीको काम सम्पन्न गर्न मन्त्री बोहोराले जोड दिनु भएको थियो ।
उक्त सडक शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बोहोराले पछिल्लो समय पहाडि जिल्लाहरुमा विकासका पुर्वाधार नभएको हुदाँ बसाइ सर्नेको संख्या बढ्दै गएको अवस्थामा यस सडक आयोजनाले बसाइसराइ दरलाइ पनी कमगर्ने बताउनु भएको छ ।

बुंगल क्षेत्रमा प्रशस्त विकासको सम्भावना भएको भए पनी सडक संजालको पहुँच नहुदाँ ओझेलमा परेको र प्रदेश सरकारले यि सम्भावनाहरुलाइ बाहिर ल्याउन यस क्षेत्रको विकास गरि स्वरोजगार तथा आर्थिक उन्नतीकालागी यस सडकले महत्वपुर्ण सहयोग पुगाउने बताउनु भयो । साथै उहाँले प्रदेश सरकार जनताको विकास र यस क्षेत्रको विकासको लागी लागिपरेको पनी बताउनु भयो ।
जिल्लाको पछाडि परेको बुंगल क्षेत्रको मुख्य सडक बागथला भएर विजगडा हुदै दार्चुला र बझाङको सिमाना गनै लेख हुदै दार्चुला सदरमुकाम जोडिने छ ।

अहिले जिल्लाका साइपाल गाउँपालिका बोहेक ११ ओटै पालिका केन्द्र साथै अन्य गाउँगाउँमा पनी सडक संजाल जोडिएपछी नागरिकहहरुलाइ सहज भएको छ ।

कालोपत्रे हुने सडकको शिलान्यास गर्न मन्त्री बोहरा सहित प्रदेश सभा सदस्य माननिय, देवकि मल्ल, शान्ति नेपालि सहित जिल्लाका सुरक्षा निकायका प्रमुख सहित मन्त्रालयका कर्मचारीहरुको पनी सहभागिता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।