कतार एयरएवेजको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । दोहाबाट बैंककका लागि उडिरहेको कतार एयरएवेजको विमानमा एक नाम नखुलाएकी थाई महिलाले बच्चा जन्माएकी हुन् ।



उडिरहेको विमानमा ती महिलालाई प्रशव पीडा भए पछि त्यहाँका कर्मचारीहरुले उनलाई सम्हालेका थिए । त्यसपछि उनले त्यहिँ बच्चा जन्माएकी हुन् ।
त्यसपछि चालकले विमानलाई कोलकत्तामा नै आकस्मिक अवतरण गराएका थिए । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कोलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको थियो । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।
कोलकत्ता विमानस्थलका अधिकारीका अनुसार दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर(८३०, को विमानले जीवन रक्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

























