२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

दार्चुलामा ‘बेरोजगारसँग अध्यक्ष कार्यक्रम’

दार्चुला, ३ पुस । दार्चुलाको नौगाड गाउँपालिकाले चालु आर्थिक वर्षभित्र ५०० बेरोजगार युवालाई रोजगारी दिने तयारी थालेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र बेरोजगारसँग गाउँपालिका अध्यक्ष कार्यक्रममार्फत रोजगारी दिने तयारी थालेको हो । 

गाउँकै बेरोजगार, कोभिड–१९ का कारण भारतलगायत विभिन्न ठाउँबाट आएर रोजगारी गुमाएका, एकल महिला तथा गरिब व्यक्तिलाई यो कार्यक्रममार्फत रोजगारी दिने तयारी थालिएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए । “छवटै वडाबाट सूचीकृत भएका बेरोजगार युवालाई रोजगारी दिइन्छ”, उनले भने, “गाउँपालिकाभरीबाट दुई हजार ६९० बेरोजगारले आवदेन भरेका छन् । पहिलो चरणमा ५०० लाई प्रत्यक्ष रोजगारी दिन्छौँ।”

    यसका लागि गाउँपालिकाभरीबाट ७० योजना छनोट गरिएको छ । ती योजनामा कूल दुई करोड चार लाख ५० हजार रुपैयाँ खर्च गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष धामीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु एक करोड २१ लाख ५० हजार, बेरोजगारसँग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत रु ३१ लख ३० हजार र रुपान्तरण पहल आयोजनामा रु ५१ लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।

    यस्तै गाउँपालिकाले सङ्घ र प्रदेश सरकार तथा सांसद पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पनि गाउँपालिकाकै युवालाई रोजगारी दिनेगरी समन्वय भइरहेको अध्यक्ष धामीको भनाइ छ । उहाँले भन्नुभयो, “सकेसम्म बढीभन्दा बढी यहीका मान्छेले काम पाउने वातावरण मिलाउँदैछौँ । केही निर्माण व्यवसायीले बाहिरबाट मजदूर ल्याएको भए पनि उनीहरुलाई समेत थोरै भए पनि स्थानीय जनशक्तिलाई काम गर्ने अवसर दिलाउन पहल गरेका छौँ ।” 

    नौगाड गाउँपालिकाका झण्डै ३० प्रतिशत युवा रोजगारीको सिलसिलामा जिल्ला बाहिर छन् । दुई हजार ७१६ घरधुरी रहेको नौगाडमा १८ हजार ९७ जनसङ्ख्या छ । नौगाड गाउँपालिका पाश्र्वचित्रमा उल्लेख भएअनुसार यहाँ काम गर्ने उमेर समूहको (२० देखि २९ वर्ष) जनसङ्ख्या एक हजार ७१५ पुरुष र एक हजार ४८६ महिला छन् । 

    यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार १४५ पुरुष र एक हजार १३५ महिला छन । ४० देखि ४९ उमेर समूहका ७७५ पुरुष र ७८७ महिला छन् । नौगाडको ७७ दशमलव १७ प्रतिशत व्यक्तिको पेशा कृषि हो भने व्यापार व्यवसाय गर्ने ३ दशमलव ९४ प्रतिशत तथा वैदेशिक रोजगार, उद्योग, नोकरी र दैनिक ज्यालादारीमा काम गर्ने १८ दशमलव ८९ प्रतिशत छ । 

    यहाँ तीन महिनासम्म खाद्यान्न पुग्ने परिवार ३२ प्रतिशत, चार महिनादेखि छ महिनासम्म खान पुग्ने ४४ प्रतिशत, सात महिनादेखि नौ महिनासम्म खान पुग्ने १६ प्रतिशत र वर्षभरी खान पुग्ने आठ प्रतिशत मात्रै छ । नौगाड गाउँपालिका प्रशासन शाखाका नायब सुब्बा नरेन्द्रसिंह ठगुन्नाका अनुसार यहाँका नागरिक ज्यालादारी, कृषि उत्पादन, पशुपक्षी बिक्री, दूध, दही, घ्यू, मह र वैदेशिक रोजगारीबाट परिवारको जोहो चलाउने गरेका छन् । 

    गरिबीका कारण पनि यहाँका युवा बढीजसो भारततिर पलायन हुने गरेको नौगाड– २ का किसान धनसिंह सितोलीले बताए । गाउँमा काम नपाएपछि भारततिर गएर मजदूरी गर्नुपर्ने बाध्यता छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।