सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ४९ स्वाब नमूना परीक्षण गर्दा १३ महिला र ३१ पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी १४, कैलाली गाउपालिकाका ४ जना, घोडाघोडी नगरपालिकाका, गोदावरी नगरपालिकाका, गौरीगगाा नगरपालिका, र भजनी नगरपालिकाका २-२ जना, लम्कीचुहा र बर्दगोरीयाका एक -एक जनामा पनि कोरोना पुष्टि भएको उनले जानकारी दीए ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरापालिका, आइबिआरडी र पुर्नवासका एक-एक जना, बेलौरी नगरपालिकाका ५ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डडेल्धुराका २ बाजुराका ३ जना, दार्चुला, बैतडी र बर्दियाका एक-एक जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

























