२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

टीकापुर घटना : उच्च अदालतले गरेको फैसला राजनीतिक रुपमा पूर्वाग्रही भएको थारु नेताको आरोप

थरुहट–थारुवान राष्ट्रिय मोर्चा कैलालीले टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला राजनीतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएको छ ।

मोर्चाले धनगढीमा पत्रकार सम्मेलन गरेर फैसलाप्रति खेद प्रकट गर्दै यसले दीर्घकालीन द्वन्द्व निम्त्याएको जनाएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैद गर्ने भनि कैलाली जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत दिपायलले सदर गरेको छ ।

जिल्लाले तीन वर्ष कैद सजाय सुनाएका थारु नेता लक्ष्मण चौधरीलाई उच्चले जन्मकैद सुनाएको छ । बिहीबार भएको बहसपछि उच्चले उक्त मुद्दाका केही प्रतिवादीको हकमा जिल्लाको फैसलालाई उल्ट्याउँदै थप सजाय सुनाएको छ भने केहीको सजाय घटाइएको छ ।

मोर्चाका जिल्ला संयोजक माधव चौधरीले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर फैसला गरिएको आरोप लगाउँदै यसप्रति मोर्चाको गम्भीर खेद रहेको बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।