कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० काे कमैया मुक्त बस्ती झलारीमा न्यानो कपडा तथा पोषण सामाग्री वितरण गरिएको छ। मेची महाकाली बुहारी सयुक्त आवाज का केन्द्रिय अध्यक्ष एमुशर्मा सुब्बाले आफ्नो वैवाहिक बर्ष गाठको अवसर पारी गर्ववति आमा,असाहाय,अशक्तहरु लाई सहयोग गरेको हो । आमा वचाउ मानवता जगाउ अभियान अन्तरगत आर्थिक अवस्था कमजोर अति विपन्न,गर्भवती तथा सुत्केरी एवं जेष्ठ नागरिकलाई लक्षित गरि करिव ३२ जनालाई प्रती व्यक्ति एक थान न्यानो कम्वल,१क्रेट अण्डा,२ किलो पोषण लिटो,विस्कुट,२वटा सावुन लगायतकाे सामाग्री वितरण गरिएको विश्व हिन्दु महाँसंघका महासचिव एवं मेचीमहाकाली संयुक बुहरी आवाज कि केन्द्रिय सल्लाहकार जाेत्सना साउदले वताईन। उनलेभने सहयाेगि हातहरूमा रूडुक कंचनपुर,सुरक्षित मातृत्व संन्जाल महाँसंघ नेपाल तथा मेचीमहाकाली वुहारि संयुक्त आवाज को सहकार्यमा सामाग्री वितरण गरिएको साउदले जनाए। माैसम परिवर्तन संगै आर्थिक अवस्था कमजोर भएका अति विपन्न परिवारकाे दैनिकी खानपान रहनसहन कष्टकर हुन्छ। त्यसैमा झन गर्भवती,सुत्केरी र जेष्ठ नागरिकले न्यानाे कपडा पाेषणयुक्त खानाको अभावमा धेरै दुख कष्ट झेल्नुपर्ने हुदा थाेरै भएपनि राहतको महसुस गरूनभनि सामाजिक उत्तरदायित्व मानवीय भावनाले सहयाेग गरिएको साउदले जानकारी दिए। सामाग्री वितरण कार्यक्रममा मेचिमहाकाली बुहारी संयुक्त आवाज कंचनपुरका अध्यक्ष ज्ञानु ऐर,शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐर,वडा अध्यक्ष रमेश वहादुर ऐर,लाल वहादुर ऐर,नेपाली कांग्रेसका महाँसमिति सदस्य कल्पना पंन्त,क्षेत्रिय सभापति दल वहादुर वाेहरा,चिन्तामणि भट्ट,प्रजातान्त्रिक महाँसंघका केन्द्रिय सदस्य मधु वाेहरा मेचीमहाकाली वुहारि संयुक्त आवाजका सल्लाहकार धर्मा विष्ट लगायतकाे उपस्थिति रहेकाे थियाे।































