वीरगन्ज: वीरगन्जको एउटा रेडियोमा कार्यरत पाँचजना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी एफएममा कार्यरत शिवनाथ यादव, दुई जना प्राविधिक, प्रशासन प्रमुख र कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी एकैपटक कोरोना संक्रमण पुष्टि भएको हो।



त्यस दिनदेखि उनीहरु रेडियोको कार्यालयमा नै बसेका छन् र रेडियोमा प्रशारण नियमित गरिरहेका छन्।
नेपालमा पहिलोपटक कोरोना महामारीको चपेटामा परेका रेडियोकर्मीले रेडियो स्टेसनमै रहेर नागरिकलाई सूचना दिने गरेको रेडियोका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए। उनका अनुसार स्रोतालाई सूचनाबाट वञ्जित नगर्ने उद्देश्यले रेडियोलाई नै आइसोलेसन बनाएर कर्मचारीहरु काम गरिरहेका छन्।
Views: 201


















