२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

प्रत्येक दिन ३० खिल्ली चुरोट खाने ११२ वर्षकी महिला

११२ वर्षकी महिला ९५ वर्षदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट खाने गर्छिन् । यी कहाली लाग्दो चुरोट खाने महिला नेपाली हुन् । उनको नाम बतुली लेमिचन हो । एक अंग्रेजी वेबसाइट अनुसार लेमिचनले १७ वर्षको उमेरदेखि सिगरेट पिउन थालेकी थिइन् ।

अहिले उनको जेठो छोरा ८५ वर्षका भए । उनले ५ जनाको सन्तानको जन्म दिएपनि हाल १ मात्र छोरा जिवित छन् । उनका श्रीमान ८० वर्ष हुँदा नै एक्लै छाडेर भारत गएका थिए । उनले जिन्दगीमा धेरै उतार चढाव आएपनि आफ्नो उमेरले केही फरक नपारेको बताएकी छिन् ।

बतुलीको सिगरेटको धुवामा भएको निकोटिन कम गर्नलाई आफ्नै तरिका छ । उनले चुरोटलाई दुई औलाको बीचमा राख्नुको सट्टा आफ्नो पुरै हातले समातेर पिउने गर्छिन् । उनले बजारमा पाउने सिगरेट भन्दा तेज पत्ताबाट बनेको बिडी खान सल्लाह दिन्छिन् ।

यति धेरै उमेर हुँदा पनि बतुलीले आफ्नो सबै काम आफै गर्छिन् । २०७२ सालमा भुकम्प जाँदा उनको घर भत्किएको थियो । उनलाई नातेदारले दिएको सल्लाह अनुसार उनले हाल मन्दिरलाई आफ्नो घर बनाएकी छिन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।