२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई गोप्रो क्यामेरा र ट्राफिक डमी सहयोग

धनगढी । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई गोदावरी नगरपालिकाले गोप्रो क्यामेरा र डमी ट्राफिक प्रहरी हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक बामदेव गौतमलाई ५ वटा गोप्रो क्यामेरा र ५ वटा डमी ट्राफिक प्रहरी हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले पछिल्लो समयमा ट्राफिक प्रहरीले अत्तरिया क्षेत्रमा सवारी साधन व्यवस्थापनमा गर्नमा राम्रो काम गरिरहेको बताउदैं यसलाई थप व्यवस्थित बनाउन  गोप्रो क्यामेरा र डमी ट्राफिक प्रहरी हस्तान्तरण गरेको बताए ।

यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख गौतमले ट्राफिक व्यवस्थापनका लागि अति आवश्यक सामाग्री सहयोग गरेको प्रति नगरपालिकालाई धन्यावाद व्यक्त गरे । नगरपालिकाबाट प्राप्त सामग्रीले गोदावरी नगरपालिका अन्तर्गत पर्ने राजमार्ग तथा अन्य सडक क्षेत्रको ट्राफिक ब्यवस्थालाई चुस्त दुरुस्त राख्न सहज हुने उनले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।