देब जंग साँउद /कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा आयोजक मार्गदर्शन युवा क्लबले तेस्रो राष्ट्रिय झण्डा दिवस कार्यक्रम सम्पन्न गरेको छ ।



कृष्णपुर वडा नं ५ बाट कृष्णपुर नगरपालिका भवन सम्म रर्यालीको कार्यक्रम गरिएको थियो । कार्यक्रम “मेरो शासन,मेरो स्वाभिमान !राष्ट्रिय झण्डा मेरो पहिचान” भन्ने नारा का साथै यो कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा बोल्दै मार्गदर्शन युवा क्लबका अध्यक्ष श्री जनक राज भट्टले भने, । हामी एतिहासिक तेस्रो राष्ट्रिय झण्डा दिवस मनाउन गहिरहेका छौ, २०१९ साल को संविधान मश्यौदा पश्चात नेपालमा प्रयोग भइरहेको अहिले को यो जुन झण्डा छ,त्यसलाई १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा संयुक्त राष्ट्रसंघमा स्विकृत गरिएको थियो।

अन्तमा हामी सबैका लागि मननयोग्य कुरा के हामीले हाम्रो पहिचान हाम्रो राष्ट्रिय झण्डा को सहि सदुपयोग गरीरहरको छौ त सरकारी निकाय अर्थात् सरकारी कार्यालय मै राष्ट्रिय झण्डाको सहि सदुपयोग साथ राखिएको पाइदैन। उनले राष्ट्रिय झण्डा जस्तो पायो त्यस्तो च्यातिएको एकदमै फोहोर गरेको समेत बताए ।
राष्ट्रिय झण्डा दिवस कार्यक्रम कृष्णपुर वडा नं ५ का अध्यक्ष , विभिन्न दलका व्यक्तिहरु, समाज सेवि तथा स्थानीयको सहभागीता रहेको थियो ।




















