२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कञ्चनपुरमा विवाहपछि दुलाहा समलिङ्गी ! दुलही प्रहरीकहाँ पुगिन्

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ की २० वर्षीया राधा (नाम परिवर्तन) र लालझाडी गाउँपालिका–७ का दीपक (नाम परिवर्तन) को गत बैशाखमा परिचय भयो।

एकआपसमा परिचित भएपछि सोही बेलादेखि उनी दुवैजना भेटघाट र कुराकानी गर्न थाले। सोही क्रममा उनीहरुबीच प्रेम बस्यो।

७ महिनाको प्रेम सम्बन्धपछि दुवै जना आपसी सल्लाहमै विवाह गर्न राजी भए। सोही योजना अनुसार नै गत मंसिर २६ गते उनीहरुको विवाह बन्धनमा बाँधिए।

प्रेमीप्रेमिकाको सम्बन्धलाई श्रीमानश्रीमतीको रुपमा अगाडि बढाउन खोजेका उनीहरुको जीवनमा भने समयले अर्कै मोड ल्याइदियो।

विवाह भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रमा डेरा गरी बस्ने निर्णय लिए। तर उनीहरु त्यहाँ २ दिनपनि बस्न पाएनन्। कारण– विवाहपछि मात्र दुलहीले दुलाहा समलिङ्गी भएको थाहा पाइन।

‘विवाह भएपछि मात्र दुलाह पनि समलिङ्गी भएको कुरा युवतीले थाहा पाइछिन्। न्यायका लागि भन्दै हामी कहाँ आउनुभएको थियो,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिनेशखबरसँग भने।

‘युवती पक्षले झुक्याएर विवाह गरेको आरोप लगाएका छन्। तर स्पष्ट कानूनी व्यवस्था नहुँदा मुद्दा अगाडी बढाउन सकिएन।’

प्रहरीले अहिले दुवैजनालाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएको छ। विगतमा झुक्याएर विवाह गर्नेलाई कारवाही गर्ने व्यवस्था भएपनि गतवर्षको भदौदेखि लागु भएको मुलुकी संहितामा भने सो व्यवस्था नहुँदा समस्या भएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।