२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

कन्चनपुरको शुक्लाफाँटामा जङ्गली हात्तीको बथानले थारु संग्रहालय भत्कायो

कञ्चनपुर, ३० मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित भम्केपानीमा रहेको थारु संग्रहालय भवन जङ्गली हात्तीको बथानले भत्काएर भताभुङ्ग पारेको छ ।

सोमबार राति हात्तीले थारु समुदायको परम्परागत घरकै शैलीमा निर्माण गरिएको संग्रहालय भवन भत्काउँदा संग्रहालयमा राखिएका वस्तुमा क्षति पुगेको छ।

त्यस्तै, भवनभित्र अवलोकनका लागि राखिएका थारु पहिरन, गहनालगायतका सामग्रीमा क्षति पुगेको वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले बताए।

महराका अनुसार गत वर्षदेखि सञ्चालनमा आएको संग्रहालय भवनमा हात्तीको बथानले क्षति पु¥यााएको दोस्रो पटक हो । गत वर्ष भवनको पर्खाल मात्रै भत्काएको थियो।

मर्मत गरेर सञ्चालन गरिएको भए पनि यस वर्ष भने भवनको पर्खालसँगै भित्र राखिएका वस्तुमा समेत क्षति गरेको महराले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।