२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

‘आफ्ना लागि आफ्नै भवन’ अभियान शुरु

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ‘आफ्ना लागि आफ्नै भवन’ नीति ल्याएर आफ्नो प्रशासकीय भवन र ११ वडा कार्यालय निर्माण अभियान शुरु गर्न थालेको छ ।

भाडामा रहेको नगरपालिका आउँदो आर्थिक वर्षको शुरुमै फुङ्लिङ नगरपालिका–७ स्थित आफ्नै भवनमा सर्ने फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले बताए । नगरपालिकाको भवन अहिले निर्माणाधीन अवस्थामा छ ।

‘आफ्ना लागि आफ्नै भवन’ अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका–४ ले आजबाट भवन निर्माण प्रारम्भ गरेको छ । नगरपालिकाको न्यूरोड क्षेत्र नजिक भवन बनाउन शुरु गरेको हो । वडा नम्बर ४ को प्रशासकीय भवनको शनिबार फुङ्लिङ नगर प्रमुख प्याकुरेलले शिलान्यास गरेका छन् ।

आउँदो वैशाखभित्रमा भवन पूरा भई वडापालिकाले नयाँ भवनबाट वडाको सेवा सञ्चालन गर्ने फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जीतेन चेम्जोङ बताए ।

फुङ्लिङस्थित डेभिड निर्माण सेवाले दुईतले पाँचकोठे र शौचालय तथा नुहाउने कक्षसहितको भवन रु ५२ लाखको लागतमा बनाउने गरी ठेक्का पाएको छ । भवनको कूल अनुमानित लागत अनुमान भने रु ७४ लाखको रहेको वडाध्यक्ष चेम्जोङले बताए ।

नगरपालिकाका अनुसार ११ वटा वडामा आफ्नै भवन बनाउन शुरु गर्ने वडा नम्बर ४ दोस्रो वडा भएको छ । यसअघि वडा नम्बर १ ले पनि आफ्नै प्रशासकीय भवन बनाउन शुरु गरिसकेको छ ।

नगरप्रमुख प्याकुरेलले यही कार्यकालमा नगरपालिका र नगरभित्र रहेका वडाका आफ्नै प्रशासकीय भवन बनाउने वचनबद्धता व्यक्त गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।