सेती नदीको बीच भागमा अड्किएको शव नेपाली सेनाले निकालेको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका १३ स्थित सेती नदीको बीच भागमा अड्किएको घिरिङ गाउँपालिकाका २९ वर्षीय बलसिंह रानाकोे शव शनिबार नेपाली सेनाको टोलीले निकालेको हो ।



सेती नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा रहेको रानाको शव सेनाको टोलीले निकालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
आफन्तले यही मंसिर २५ गते रानालाई खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।
Views: 199

























