२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

कैलालीमा मह उत्पादन बृद्धी

प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाइ छ । कैलालीमा मात्रै वर्सेनि करिब १५ टन मह उत्पादन हुने भएपनि माग अनुसारको आपूर्ति नहुँदा भारतबाट मह आयात गर्नुपर्ने अवस्था छ ।

यस वर्ष मौसमले साथ दिँदा मह उत्पादनका बृद्धी भएको छ । सितलहरहरु सुरु नभएको तथा मौसम सफा र न्यानो रहेकाले मौरीपालक किसानहरुले तीनपटकसम्म मह निकालिसकेका छन् । यस वर्ष मह उत्पादनमा बृद्धी भएका बेला माग पनि बढेको छ ।

कोरोना कहरबीच महले शरीरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात ९इम्युनिटी पावर० बढाउने भन्दै सेवनकर्ताहरु बढेकाले माग धान्न गाह्रो भएको मौरी पालक किसान घनश्याम पौडेल बताउँछन् । महको माग वर्सेनि बढ्दै गएको पनि छ । कृषि ज्ञान केन्द्र धनगढीका अनुसार जिल्लामा उत्पादन भएको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयत गरिँदै आएको छ ।

जिल्लामा करिब २ सय कृषकले मौरीपालन ब्यवसाय गरिरहेको र सरदर वार्षिक १५ टनसम्म मह उत्पादन भइरहेको ज्ञान केन्द्रका प्रमुख खगेन्द्र प्रसाद शार्माले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।