२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बैतडीमा जडान भएको आइसियु सञ्चालनमा आएन

बैतडी, २७ मङ्सिर । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो ।
कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

मङ्सिर १७ गते जडान गरेको भेन्टिलेटरसहितको आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए । उनले भने, “आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आइसियु सञ्चालनमा समस्या छ, अस्पतालमा कार्यरत डाक्टर र नर्सले आइसियु सञ्चालनलाई तालीमको आवश्यकता पर्ने र त्यो तालीम पनि कसैले पनि लिएको छैन ।”

आइसियु सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५८५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्युु भइसकेको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।