२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

नेपाली सेनामा कार्यरत सैनिकले विवाह खर्च सामाजिक कोष स्थापना गर्न दिए

काठमाण्डौंः नेपाली सेनामा कार्यरत सैनिकले आफ्नो विवाहमा लाग्ने खर्च कटाएर सामाजिक कामका लागि अक्षयकोष स्थापना गरेका छन्

संखुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईले उच्च शिक्षा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरि विवाह खर्च कटाएर अक्षय कोष स्थापना गरेका छन् ।

नेपाली सेनामा कार्यरत बजगाईले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा अध्ययनमा बाधा नपुगोस् भन्ने उद्देश्यले उनी आफै पढेको खाँदबारीको बरुण बहुमुखी क्याम्पसमा अध्यक्ष कोष स्थापना गरेका हुन् ।

बरुण बहुमुखी क्याम्पसमा एक लाख २५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । पवन र उनको श्रीमती समीक्षाले संयुक्त रुपमा आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाई’ अक्षयकोष स्थापना गरेका हुन् ।

विवाहको नै दिन क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई उक्त अक्षय कोषको रकम हस्तान्तरण गरेका थिए । पवन र समीक्षाले स्थापना गरेको अक्षय कोषबाट आर्थिक अवस्था कमजोर भई पढाईलाई निरन्तरता दिन नसक्ने छात्रछात्राहरुको लागि अत्यन्तै राम्रो हुने क्याम्पसका सहायक प्रमुख अधिकारीले बताइन् ।

सोही विवाह समारोहमा नै पवन र समीक्षाको दम्पतीले खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंक संचालनका लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार रुपैयाँ पनि प्रदान गरेका छन् ।

विवाह सुरुवातको अवसरमा नै पवनले खाँदबारी– ३ मा रहेको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङ्गमा संचालनमा रहेको सुस्त श्रवण तथा बहिरा श्रोत कक्षाका विद्यार्थीहरुलाई लत्ताकपडा समेत सहयोग गरेका थिए । नयाँपत्रिका दैनिक

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।