२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

डोटीका ग्रामीण सडकमा राती गाडी चलाउन राेक

डोटी । डोटीका ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा रातको समयमा गाडी चलाउन बन्द गरिएको छ । राति गाडी चलाउँदा दुर्घटना बढेको भन्दै त्यस समयमा गाडी चलाउन बन्द गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटीले डोटीमा रहेका ग्रामीण सडकमा रातको ६ बजेदेखि बिहान ६ बजेसम्म गाडी चलाउन बन्द गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई एक ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझेसँगै प्रशासनले ग्रामीण सडकमा रातको समयमा गाडी चलाउन रोक लगाउँदै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

एक हप्ता पहिले बोगटान फुड्सिल गाउँपालिका ७ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको र रातको समयमा ग्रामीण सडकमा गाडी चलाउने कार्य तत्काल बन्द गर्न माग गर्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेस गरेको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीका संयोजक डबल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका ग्रामीण सडक रातको समयमा गाडी चलाउन उपयुक्त छैनन् । जति दुर्घटना भएका छन्, ती सबै राति नै भएकाले दुर्घटना रोक्न भए पनि राति गाडी चलाउन बन्द गर्न हामीले माग गरेका हौँ ।’

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले ग्रामीण सडकमा रातीको समयमा कुनै पनि मालवाहक तथा यात्रु बोक्ने सवारी साधन ९जीप० सञ्चालन कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको र नियमको अटेर गरी गाडी चलाउनेलाई कारबाही गरिने बताउनुभयो ।

रातको समयमा गाडी चलाएकै कारण डोटीमा एक वर्षको अवधिमा १२ वटा ठूला दुर्घटना भइ २० जनाको ज्यान गएको र २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यसैबीच गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा समितिले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई पनि कारबाही गर्न माग गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।