२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

टेलिकमको पोस्टपेड र एफटीटीएचमा नयाँ अफर

नेपाल टेलिकमले पोस्टपेड मोबाइल र एफटीटीएच सेवामा विभिन्न अफर उपलब्ध गराएको छ। टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा ल्याएका अफर साउन १ गते देखि लागु भएका हुन् । 

फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइए टेलिकमको दाबी छ। जसको डाटा प्याकअन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन्।

टेलिकमले २० एमबीपीएसको मासिक शूल्क १२ सय रुपैयाँ कायम गरिइको छ । यस्तै ५० एमबीपीएसको एक महिनाको प्याक १८ सय रुपैयाँ पर्नेछ।

कम्बो प्याकअन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध छन् । योजना अनुसार १५ एमबीपीएसको शूल्क मासिक १ हजार, २५ एमबीपीएसको १५ सय र ६० एमबीपीएसको २ हजार रुपैयाँ पर्नेछ।

प्रत्येक कम्बो प्याक अन्तर्गत हरेक प्याकमा मासिक २ सय ५० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ। यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना प्रयोग गर्न मिल्नेछ।

पोस्टपेड मोबाइलतर्फ टेलिकमले नेपाल सरकारको निर्णयानुसार स्वामित्व शुल्कमा परिमार्जन गरिएको छ। हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागु भइरहेको ५ सय रुपैयाँ स्वामित्व शुल्क अब नलाग्ने भएको छ। 

प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुने कम्पनीको दाबी छ । सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि ९ सय ४५ रुपैयाँ लाग्ने गरेकोमा अब ५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।