२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड

विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको थियो । यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । विश्वमा अहिले १ करोड ९९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् ।

यस्तै विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट १५ लाख ८८ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म सङ्क्रमित संख्या १ करोड ६० लाख नाघेको छ भने त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा धेरै सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यस्तै, सबैभन्दा धेरै कोरोना प्रभावित देशको दोस्रो स्थानमा रहेको भारतमा ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।