सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३० जनामा कोरोाना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८४ जनाको परिक्षण गर्दा थप ३० मा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पताललका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।



संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालीकाका ८ जना, कैलालीको कैलारी,गोदावरी,बर्दगोरीयाका एक/एक जना, कञ्चनपुरको बेलौरीका १२, बेतकोटका २ जना, पुर्नवासका एक जनामा संक्रमण पुष्टि भएको छ ।
उता डोटीका र बझाङका एक/एकजना र बैतडीका २ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
Views: 116

























