२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज) ले बिहीबार संयुक्तरूपमा आयोजना गरेको ‘महिला नेतृत्व, शक्ति सम्बन्ध तथा महिला मानव अधिकार’ विषयक अन्तरक्रियामा वक्ताहरुले महिला अहिले पनि शोषित, पीडित नै रहेकाले सशक्तीकरण गरी तीनै तहका सरकारका निकायमा सहभागी गराइनुपर्नेमा जोड दिएका हुन् ।

राइजका अध्यक्ष वरिष्ठ अधिवक्ता साधना श्रेष्ठले महिला आर्थिकरूपमा सक्षम भएमात्र उनीहरुको हक अधिकार सुनिश्चित हुने धारणा राखिन्। आर्थिक दृष्टिकोणले असक्षम हुने बित्तिकै महिलाहरु शोषित हुने गरेको श्रेष्ठले बताइन् ।

नेपाल बार एसोसिसनका सदस्य रक्षा बस्यालले नेतृत्व तह गम्भीर नभएसम्म महिलाको समस्या समाधान हुन नसक्ने बताए । ललितपुर बारका अध्यक्ष अर्जुन महर्जनले नेपालको संविधानमा महिला हक अधिकारका बारेमा उत्कृष्ट प्रावधान रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन आवश्यक भएको बताए। महिला अधिकारकर्मी कोपिला डङ्गोलले राज्यका सबै तह र तप्कामा महिलाको व्यावहारिक प्रतिनिधित्व हुनुपर्ने बताइन् ।

कार्यक्रममा विभिन्न पेशामा आबद्ध महिला अधिकारकर्मीको सहभागिता रहेको थियो । सहभागी महिलाले तीनै तहका सरकारका विभिन्न निकायमा महिलाको सहभागिता अर्थपूर्णरूपमा बनाइनु पर्नेमा जोड दिएका थिए । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।