२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

फिफाको नयाँ वरीयतामा नेपाल यथावत् नै

अन्तर्राष्ट्रिय फुटबलको नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक सय ७१ औँ स्थानमै यथावत् रहेको छ ।

एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको कारण नेपालको वरीयता तलमाथि भएको छैन । दक्षिण एसियालीमा नेपालभन्दा माथि भारत एक सय ४ औँ स्थानमा र माल्दिभ्स एक सय ५५ औँ स्थानमा छ ।

नेपालभन्दा तल रहेका बङ्गलादेश एक सय ८६, भुटान एक सय ८९, पाकिस्तान दुई सय र श्रीलङ्का दुई सय ६ औँ स्थानमा छन् ।

विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ग्ल्याण्ड र पाँचौँ स्थानमा पोर्चुगल रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।