२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कैलालीका ४५ सहित थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, २५ मंसिर । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार १८६ जनाको परीक्षण गर्दा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १९ जनामा संक्रमण देखिएको जानकारी दिए।
कैलालीकै गोदावरी नगरपालिका ६ जना, कैलारी गाउँपालिकाका ११ जना, भजनीका ५ जना, जोशीपुर र कैलालीको स्थानीय तह नखुलेका २/२ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटाका ४ जना,कृष्णपुर नगरपालिकाका ३ जना जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उता बैतडीको पाटनका २ जना, अछाम, डडेल्धुरा र बझाङका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।