२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बैतडीकोे सेटिगाउँमा फालेको अवस्थामा नवजात शिशुको शव फेला

बैतडी, २५ मंसिर । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ सेटिगाउँमा नवजात शिशुको शव भेटिएको छ ।

बुधबार दिउँसो स्थानीयहरुले सेटिगाउँ नजिकै मृत अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
मृतक शिशुको शव माथिबाट ढुङ्गाले ढाकेको अवस्थामा भटिएको प्रहरीले जनाएको छ । शिशुको शवको बाहिरी भागमा कुनैपनि चोटपटक नभएको र कसैले गर्भपतन गराएर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

नवजात शिशु कसले किन फाल्यो भन्नेबारे केहि नखुलेको र अनुसन्धान जारी रहेको बैतडी प्रहरीले जानकारी दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।