२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

पहिरो पिडित लाई आलिताल गाँउपालिकाको सहयोग ।

गणेश थापा / आलिताल डडेल्धुरा – आलिताल गाँउपालिका वडा नं. ६ र ७ का पहिरो पिडित परिवार लाई आलिताल गाँउपालिकाले हिजो एक कार्यक्रमका बिच राहत वितरण गरेको छ ।
आलिताल गाँउपालिका वडा नं.६ र ७ का विभिन्न बस्तिमा पहिरोले क्षती पुगाएको ६८ घर परिवार लाई तिन बर्गमा वितरण गरि नगद, त्रिपाल, कम्वल तथा साबुन वितरण गरिएको हो । गाउपालिकाको प्राविधिक हरुबाट क्षतिग्रस्त घरपरिवारको अध्ययन गरि तयार गरिएको प्राविधिक प्रतिवेदनको आधारमा उक्त राहत वितरण गरिएको हो ।
आलिताल गाँउपालिकाको वडा नं.६ नदिगडामा आयोजित कार्यक्रममा क वर्गको लागी रु २५०००। ख बर्गको लागी रु१५०००। र ग बर्गको लागी रु १००००। बरावरको चेक तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा ११ घरधुरी क बर्ग, ३१ घरधुरी ख बर्ग र २६ घरधुरी ग बर्ग गरि जम्मा ६८ घरधुरी लाई राहत वितरण गरिएको हो ।
आलिताल गाँउपालिका का अध्यक्ष बल बहादुर गुरुंग, वडा नं. ६ का अध्यक्ष कुम्भर बहादुर बुढा, वडा नं. ७ का अध्यक्ष बिर बहादुर बोहरा, प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर ऐडि ले पहिरो पिडित परिवार लाई राहत हस्तान्तरण गर्नु भएको थियो । गाँउपालिकाको यो सहयोग पहिरो पिडितहरुका लागी मल्हम मात्र भएको र आगामि सहयोग का लागी प्रदेश तथा संघिय सरकार संग पहल भईरहेको गाउपालिका अध्यक्ष बल बहादुर गुरुंग ले बताउनु भयो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।