२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

शिक्षकबाटै १४ वर्षीया विद्यार्थी बलात्कृत

झापा – दमकमा  एक शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्।  दमकस्थित एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा पढ्ने एक १४ वर्षीया  बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त शिक्षक फरार भएका छन् र उनको खोजी भइरहेको छ। स्थानीयका अनुसार ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन्।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको विषयमा उजुरी आएसँगै प्रहरी अनुसन्धानमा जुटेको बताएका छन्। अनुसन्धानका क्रममा ती शिक्षक भारतीय भएको र उनी हाल  फरार भइ भारत छिरेको पण्डितले जानकारी दिए।

ती १४ वर्षीया  बालिका हाल परिवारकै साथमा रहेकी छिन्। बालिकाको पेटमा ६ हप्ताको बच्चा रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।