२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

भारतीय क्रिकेट टिमलाई जरिवाना

अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय टिमले तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा स्लो ओभर रेट ९ढिलो बलिङ गरेको० कारण जरिवाना तिर्नुपर्ने भएको छ। अस्ट्रेलियाविरुद्धको तेस्रो ट्वान्टी-२० खेलमा निर्धारितभन्दा ढिलो गरी बलिङ गरेबापत् आइसिसीका म्याच रेफ्री डेविड बुनले भारतीय टिमलाई ‘म्याच फी’ को २० प्रतिशत जरिवाना गरेका छन्।

भारतीय टोलीले मंगलबार सम्पन्न तेस्रो खेलमा निर्धारित समयमा २० ओभर बलिङ गरिसक्नुपर्नेमा एक ओभर कम गरेको थियो। आइसिसीले निर्धारित समयमा बलिङ पूरा नगरेका कारण आचार संहिताअनुसार जरिवाना गरिएको एक विज्ञप्तिमार्फत् जनाएको छ।

भारतीय कप्तान विराट कोहलीले आइसिसीले दिएको सजाय स्वीकार गरेका छन्। तीन खेलको शृंखलाअन्तर्गत पहिलो दुई खेल जितेको भारत तेस्रो खेलमा पराजित भएको थियो।

यसअघि सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलिया २-१ ले विजयी भएको थियो भने ट्वान्टी-२० शृंखलामा भारतले बाजी पल्टाउँदै २-१ को जित दर्ता गराएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।