२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

डोटीमा सामुदायिक विद्यालयका किशोरीलाई आत्मरक्षा तालिम

डोटी, २४ मंसिर । महिला माथि घट्ने विभिन्न हिंसा तथा घटनाबाट जोगिनका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरेको छ । 

नगरपालिका भित्र रहेका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका कम्तिमा पनि दुई सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए।

ुएक्लै भएको समयमा बलात्कृत लगायतका घटनाबाट जोगिनका लागि हामीले विभिन्न संस्थाको सहयोगमा आत्मरक्षा तालिम शुरु गरेका छौँ’, उनले भने ।

किशोरी माथि हुनसक्ने सम्भावित हिंसाबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक तालिम दिन शुरु गरिएको जिल्ला खेलकुद विकास समिति डोटीका प्रमुख तथा तेक्वान्दो प्रशिक्षक हर्कबहादुर बोगटीले बताए । 

अहिले जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्मपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा उक्त तालिम दिन शुरू गरिएको छ । छ वटा सामुदायिक बिद्यालयमा कक्षा १० तथा कक्षा ९ का गरि प्रत्येक विद्यालयबाट ४० जनालाई उक्त आत्मरक्षा तालिम दिइने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

दुई वटा विद्यालयमा नगरपालिकाले र चार वटा विद्यालयमा सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीले तालिमको लागि सहयोग गर्ने सीडीसीका सामुदायिक विकास परियोजनाका शिक्षा विकास अधिकृत एकराज बडुले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।