सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका २४ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए।
कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २र२ जना, टीकापुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका १ जना र अछामको मंगलसैन नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

Views: 181


















