२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

नेत्रविक्रम चन्द विप्लव समूहले स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई धम्की दिए

नेत्रविक्रम चन्द विप्लव समूहले नुवाकोटमा स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिए

को छ । समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरिएको छ ।

समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले जानकारी दिए । उनका अनुसार आगजनीबाट स्काभेटरको चालक बस्ने सिटलगायतमा पुगेको क्षति रु २० लाख बराबरको छ । त्यस स्थानमा समूहले कारबाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ ।

पत्रमा दुई वर्षअघि समूहले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ ।

यसैगरी समूहले विज्ञप्ति जारी गरी म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी माग्न र नमागे जनकारबाहीको चेतावनी दिइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।