२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

बैतडीको सुर्नयामा अनौठो शिशु जन्मिए पछी…..

बैतडीको सुर्नया गाउँपालिकामा अनौठो शिशु जन्मिएको छ। सुर्नया गाउँपालिकाको–५ मडकी २१ वर्षीया गीता विकले अनौठो शिशु ९छोरा०को जन्म दिएकी हुन्।

पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको मलद्वार, नाक र ओठ नभएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।

समयमै जन्मेको उक्त शिशुको अवस्था सामान्य छ। महराले भने, ‘बच्चाको मलद्वार, ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका छन्, शिशुले दुध चुस्न सकेको छैन, चम्चाले दुध खुवाइरहेका छन्।’

सोमबार बेलुका जन्मिएको शिशुलाई स्वास्थ्य चौकीले उपचारका लागि धनगढी रेफर गरे पनि आमा र शिशु घर फर्किएका बताइएको छ।

आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। तर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनेपछि उपचारका लागि बाहिर लैजान नमानेको बताए।

बच्चा जन्माउने प्रक्रियामै समस्या भएर यस्तै बच्चा जन्मिएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए।

साथै गर्भपतन गराउने औषधि वा अन्य कुनै औषधि साइड इफेक्टका कारण र गर्भवती अवस्थामा भारी काम गरे कहिलेकाहीँ यस्ता अनौठो बच्चा जन्मिने अनुमान गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।