२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

सुदूरपश्चिम प्रदेशका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी हुनेमा ११ महिला र ३१ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनले धनगढी उप–महानगरपालिकाका ४ जना मा संक्रमण देखिएको जानकारी दिए । कैलालीको लम्किचुहा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका, कैलारी गाउँपालिकाका ३/३ जना, भजनी नगरपालिकाका २ जना, टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १÷१ जनामा समेत कोराना पुष्टि भएको छ ।

त्यसैगरी बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै बझाङ जिल्ला अस्पतालमा ८ जना, अछामको कमलबजार प्रयोगशालामा ७ र डडेल्धुरा अस्पतालमा २ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । 

यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ७५ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ६३ डिस्चार्ज भएका छन भने हाल सम्म ४३ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।