२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८८४८. ८६ मिटर

काठमाडौं, २३ मंसिर । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा विश्‍वको सर्वोच्च शीखर सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८४८ मिटर रहेको थियो । मंगलबार सार्वजनिक तथयांक अनुसार सगरमाथाको नयाँ उचाइ ८ हजार ८४८ दशमलव ८६ मिटर कायम भएको छ ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही प्रतिबद्धता अनुसार दुबै मुलुकले मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।

यसअघि सगरमाथाको उचाइ विभिन्‍न समयमा विवादित बनेको थियो । २५ अप्रिल, २०१५ मा गएको ७ दशमल ८ म्याग्‍निच्युडको भूकम्पपछि यसको उचाइको विषय थप विवादित बन्दै गएको हो ।

सन् २०१५ को महाभूकम्पपछि सगरमाथाको उचाइ नाप्‍न भारतले विशेष चासो देखाएको थियो । तर, भारतलाई सगरमाथाको उचाइ मापन गर्न दिनु हुँदैन भनेर व्यापक विरोध भएपछि नेपाली टोली आफैं तयार भएरर नेपाली नापी विभागको प्राविधिक टोली २३ मे, २०१९ मा सगरमाथाको चुचुरोमा पुगेको थियो ।

नापी विभागका सर्भेयर प्रमुख खिमलाल गौतम र सर्भेयर रविन कार्कीको टोली २३ मे बिहान ३स्१५ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो । करिब आधा घण्टा चुचुरोमा रोकिएको टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम ९जीएनएसएस० मार्फत उचाइ मापन गरेको थियो ।

कोरोना भाइरसका कारण सगरमाथाको ‘कमर्सियल आरोहण’ मा रोक लगाएको बेला चिनियाँ टोली १६ मेमा चीनतर्फको चोमोलोङ्‌मा बेस क्याम्पबाट शिखरतर्फ उक्लिएको थियो । चीनले अहिलेसम्मकै विस्तृत र वैज्ञानिक सर्वेक्षण गर्ने चाइना डेलीमा दाबी गरिएको थियो । चीनले बेइडुमार्फत स्याटेलाइट सिस्टम, (जसलाई अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टमको ‘राइभल’ भनिन्छ) मार्फत सगरमाथाको उचाइ मापन गरेको थियो ।

सगरमाथाको उचाइ मापन कहिले-कहिले भएको थियो ?

सन् १८५६ मा पहिलो पटक बेलायती सर्भेयर सर जर्ज एभेरेस्टले सगरमाथाको उचाइ मापन गरेका थिए । उनकै नामबाट सगरमाथाको नामाकरण गरेर माउन्ट एभरेस्ट राखिएको हो ।

उनले गरेको मापनअनुसार सगरमाथाको उचाइ ८ हजार ८४० मिटर (२९,००२ फिट)निकालिएको थियो ।

सन् १९३४ मा गएको भूकम्पले सगरमाथाको उचाइ ६३ सेन्टिमिटर अर्थात् करिब दुई फिट घटाएको क्लोराडो बउल्डर विश्वविद्यालयका भूगर्भविद् रोजर बिलहमले बताएका थिए ।

सगरमाथाको उचाइ नाप्‍न बेस क्याम्पबाट हिँड्यो चिनियाँ टोली
त्यसपछि सन् १९५५ मा भारतीय सर्भेयरको टोलीले सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर (२९ हजार ०२८ फिट) निकालेको थियो । हालसम्म यहि उचाइलाई आधिकारिक मानिएको छ ।

सन् १९९२ मा इटालियन सर्भेयरको टोली सगरमाथाको उचाइ २९ हजार २२ फिट रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

सन् १९९९ मा अमेरिकन सहयोगमा सगरमाथा चढेको अमेरिकी राष्ट्रिय भौगर्भिक समाजले जीपीएस प्रविधि गरेर सगरमाथाको उचाइ मापन गर्दा ८ हजार ८५० मिटर सार्वजनिक गरेका थिए । यस तथ्यांक मापनका लागि नेपाल सरकारबाट मापन विधि स्वीकृत नगराएको भन्दै खारेज गरेको थियो ।

सन् २००५ मा चिनियाँ सर्भेयरको टोली सगरमाथाको उचाइ मापन गर्दा ८ हजार ८४४ मिटर निकालेका थिए । नेपालले यसलाई पनि आधिकारिक मान्‍न नसकिने बताएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।