कोरोना संक्रमणबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर– ५ का ७३ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आईतवार विहान पौने २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
मंसिर १३ गते कोरोना पुष्टि भएका उनी १५ गते अस्पताल भर्ना भएका थिए । यो संगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ६३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ ।



Views: 179

























