२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

कोरोनाविरूद्धकाे खाेपका लागि नेपालको तयारी

काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी कोभिड-१९ विरूद्धको खाेप परीक्षणमा छन्। तीमध्ये केहीले सर्वसाधारणमा लगाउनका लागि अनुमति मागेका छन्।

विश्वका अधिकांश देशहरूले खोपका लागि अग्रिम बुकिङ गर्नुका साथै आवश्यक संरचनासमेत तयार गर्न थालेका छन्। छिमेकी देश भारतले भ्याक्सिन ओसारपसार गर्नका लागि दिल्ली विमानस्थल र हैदराबाद विमानस्थलका कार्गो सर्भिसेसलाई तयारी अवस्थामा राखेको छ।

ती कार्गो विमानले खोपलाई एक ठाउँबाट अर्को ठाउँमा मात्र नभएर एक देशबाट अर्को देशसम्म लैजाने छन्। त्यस्तै खोप स्टोरेजका लागि आवश्यक पर्ने संरचना समेत निर्माण भइरहेको छ।

तर, नेपाल भने ‘अझै पर्ख र हेर’ को नीतिमा छ। केही खोप कम्पनीले सर्वसाधारणमा खोप लगाउन अनुमति मागिरहेका छन्। नेपालले भने ती खोपबारे सूचना संकलन गर्ने र अध्ययन गर्ने काम गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।