२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

कैलालीको चुरेमा ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते, एकको अवस्था गम्भीर

कैलालीमा ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते भएका छन् । जिल्लाको चुरे गाउँपालिका- ६ डुम्रेनीमा मङ्गलवार बिहान ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराको जोगबुढाबाट धनगढीतर्फ आइरहेको से ७ ख १२९ नम्बरको ट्रक पल्टिँदा डडेलधुराको परशुराम नगरपालिका ४ बस्ने ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी घाइते भएका छ ।
घाइते करन कामीकोे टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य तिन जना भने सामान्य घाइते भएका छन् ।
घाइतेहरुलाई अहिले अत्तरिया स्थित पदमा अस्पतालमा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।
ट्रक अनियन्त्रित भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।