असिम पौडेल, कास्की \ पोखराको मणिपाल हस्पिटलमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मूत्यु भएको छ ।



गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पर्वतको फलेवास नगरपालिकाका ३८ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति मूत्यु भएको हो । उनलाई मंसिर १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ७१ पुगेको छ ।
Views: 183


















