२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

दार्चुलामा ट्रक दुर्घटना हुदा चालक सहित तीन जनाको मृत्यु

दार्चुलामा आईतबार राती ट्रक दुर्घटनामा परेको छ । गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बर्ष २४ का शेर सिह कार्कीको परीचय खुलेको छ भने बाकि दुई जनाको परिचय खुल्न बाहि रहेको उहाँको भनाई छ । गए राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो । प्रहरीले राती साढे १२ बजे तिर ट्रक खोल्सामा खसेको र क्षतविक्षत ट्रक भित्रै तीन जनाको मृत्यु भइसकेको अवस्थामा फेला पारेको थियो । प्रहरी टोलीले स्थानीय युवा क्लबको सहयोगमा विहान तीन बजे सम्म उद्धार गरि जिल्ला अस्पताल पुगाइसकेको डिएसपी विष्टको भनाई छ । “राम्रै बाटोमा ट्रक खसेको देखियो, झण्डै १२० मिटर तल खसेको छ, इन्जीनमा खराब भएको अनुमान छ” उहाँले भन्नुभयो । चालकको ड्राइभीङ लाइसेन्सबाट परिचय खुलेको भएपनि बाकि दुई जनाको परिचय खुल्न बाकि रहेको डिएसपी विष्टले जानकारी दिनुभयो । मृतक चालक बैतडीका न्वाले भन्ने ठाउँका हुन । प्रहरीले घटनाबारे जानकारी गराएपछि चालकको घरबाट समेत आफन्त दार्चुला पुगिसकेको उहाँको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।