निश्चल आचार्य, कास्की – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।



सिन्धुपाल्चोक घर भएर काठमाण्डौको चाबहिल बस्ने ३५ वर्षका मोटरसाइकल चालक उज्ज्वल आचार्य पक्राउ परेका छन् । यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले १६० रुपैयाँ घुस दिन खोजेकाले उनलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको प्रहरीले जनाएको छ।
Views: 153


















