२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

कोरोनाले रोक्यो सुदूरपश्चिम महोत्सव

कैलालीको धनगढीमा हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव यसवर्ष नहुने भएको छ । 

कोरोना कहरले महोत्सव रोकिएको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले मेला, महोत्सवमा रोक लगाएकाले यस वर्ष पूर्व निर्धारित मितिमा महोत्सव गर्न नसकेको जनाएको छ । 

‘तत्काललाई हामीले महोत्सव आयोजना स्थगित गरेका छौं’, संघका अध्यक्ष पुष्पराज कुँवरले भने–‘सबैसंग छलफल गरेर कुनै उपयुक्त समयमा महोत्सव आयोजना गर्छौ ।’ 

स्थानीय प्रशासनले अनुमति दिएमा माघ, पुस महिनामा पनि महोत्सव सञ्चालनका लागि संघ तयार रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । ‘बरु यसका सुरक्षाका उपयुक्त मापदण्ड अपनाउन तयार छौं’, कुँवरले भने । उनले कोरोना कहरले शिथिल भएको व्यापार, व्यवसायलाई चलायमान बनाउनका लागि मेला, महोत्सव आयोजना र त्यसमार्फत व्यापार, व्यवसायको प्रवद्र्धन गर्न जरुरी भइसकको उल्लेख गरे । 

संघले २०६३ सालदेखि यहाँ महोत्सव आयोजना गर्दै आएको छ । विगत १३ वर्षदेखि सञ्चालन हुँदै आएको सुदूपश्चिम महोत्सव यो प्रदेशको पर्व जस्तै भइसकेको संघका महासचिव ओम विष्टले बताए । ‘प्रदेशको पर्व जस्तै भइसकेको यो महोत्सवलाई देश विदेशमा रहेका मान्छेहरु कुरेर बसेका हुन्छन’, उनले भने । ‘सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गरेर मेला, महोत्सव गर्न नदिएकाले सुदूरपश्चिम महोत्सवलाई हामीले तत्कालका लागि स्थगित गरेका हौं ।’ 
उनले लोक दोहोरी साँझ लगायत विभिन्न कार्यक्रम सञ्चालन भइसकेका, विद्यालयसमेत खुलिसकेकाले मेला, महोत्सव आयोजना गर्न पाउनका लागि सरोकारवाला निकायसंग छलफल चलाइने बताए । पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाको पनि उपस्थिति रहेको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।