सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा २ सय ३४ जनाको परीक्षण गर्दा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टी हुनेमा १७ महिला ३१ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा कैलालीको घोडाघोडीका १० जना, मोहन्याल, टीकापुर र गोदावरीका २/२ जनामा संक्रमण पुष्टी भएको हो । कैलालीको कैलारीका ७ जनामा पनि संक्रमण पुष्टी भएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाका २० जना, कुष्णपुर र बेलौरीका २ /२ जना जनामा कोरोना पुष्टि भएको छ ।
उता बैतडीको दोगडा केदारका १ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



Views: 129


















