कैलालीको अत्तरियामा ‘युवा अवसर र उद्यमशिलता’ कार्यक्रम सम्पन्न भएको छ । त्रिनयन खोज अनेक संस्थाको आयोजनामा १ दिने अवसर र उद्यमशिलता बिषयक मोटिभेसनल कार्यक्रम सम्पन्न भएको हो ।



त्रिनयन खोज अनेक संस्थाका अध्यक्ष जय धामीको सभापतित्वमा भएको कार्यक्रममा उद्योगपती गोपाल हमाल, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्मर सिह पाल, व्यवसायी पुस्कर शर्मा जोशी, ज्ञानज्योती स्कुलका संचालक जगबिर थापा, एभरेष्ट एकेडेमीका प्रिन्सिपल बंसिराम चौधरी लगायतका उद्योगी, व्यवसायी, सामाजसेवी, शिक्षक, युवा, बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्य प्रशिक्षक अन्तराष्ट्रिय मोटिभेसनल ट्रेनर तेज उप्रेती रहेका थिए । उनले सहभागिहरुलाई अवसर र उद्यमशिलताका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा युवाहरुलाई कसरी व्यवसाय प्रति आकर्षित गर्ने र व्यवसायलाई कसरी माथि उकास्ने भन्ने बिषयमा प्रशिक्षण दिईएको थियो ।

























