महेन्द्रनगर । पुनम चौधरी नौं महिनाकी गर्भवती महिला हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ शान्ति कामना टोलमा उनको बसोबास छ । पुनका श्रीमान दिरभर ज्याला मजदुरी (मिस्त्री काम) गरेर एक छोरी सहित गर्भवती श्रीमतीका लागि छाक टार्ने जोहो गर्दै आएका छन् ।



गर्भवती महिलाले के–कस्ता पोषणयुक्त खाना खानु पर्छ भन्ने त, थाहाँ छ, तर त्यस्ता पोषणयुक्त खाना खानसक्ने आफ्नो आर्थीक स्थिती नरहेको उनी बताउछिन् ।
नौं महिनाकी गर्भवती पुनम माइती नेपालद्वारा आयोजना गरिएको महिलाका लागि सामुदायिक भान्छा तथा पौष्टिक खाना वितरण कार्यक्रमको लाइनमा उभिएकी थिइन । आफु गर्भवती भएपनि कमजोर आर्थीक स्थितीका कारण घरमा पौष्टिक आहार युक्त खाना खान नपाइने गरेको उनले बताइन् ।
‘माइती नेपालले हाम्रो टोलमा एक हप्ता देखि पौष्टिक खाना खुवाउदै छ ।’ उनले भनिन–‘हाम्रो घरमा यस्तो खाना पाइदैन् । त्यसैमा झन म गर्भवती छु ।’
पुनम जस्तै अन्य २५० जना महिला तथा बालबालिकालाई दैनिक रुपमा माइती नेपालले पौष्टिक खाना वितरण गरिरहेको छ । सिमान्तकृत, असाहय, बृद्ध, महिला तथा बालबालिकाहरुलाई माइती नेपालले युएन वमेनको आर्थीक सहयोग र स्थानीय नीकायको समन्वयमा पौष्टिक खाना वितरण गर्दै आएको हो ।
पहिलो चरण अन्र्तगत १६ असार देखिका दुई महिना र दास्रो चरण अन्र्तगत ४ मंसिर देखि दुई महिनाकै लागि उक्त कार्यक्रम आयोजना गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।
पहिलो चरणको सामुदायिक भान्छा तथा पौष्टिक खाना वितरण कार्यक्रमकम ५६ दिन सम्म चलेको थियो । जसमा १४ हजार ३७ पौष्टिक खाना वितरण गरिएको हो । दोस्रो चरणको उक्त कार्यक्रमकमा १५ हजार खाना खुवाउने लक्ष्य रहेको संयोजक भट्टले बताइन् । भीमदत्त नगरपालिका–१८ सालघारीको लालीगुँरास टोलबाट सो कार्यक्रम सुरु गरिएको हो ।
दोस्रो चरणको पहिलो टोल (लालीगुँरास) दलित र जनजातीको बाहुल्यता भएको हुनाले उक्त कार्यक्रम १० दिन सम्म सञ्चालन गर्दा २ हजार पाँच सय खाना वितरण गरिएको छ । सालघारीमै रहेको शान्ति कामना टोलमा आइतवारबाट सुरु भएको पौष्टिक खाना वितरण कार्यक्रम शनिवार सम्पन्न भएको जनाइएको छ ।
प्रतिदिन दुई सय ५० पौष्टिक खानाका दरले लगातार एक हप्ता सम्म खुवाइएको हो । उक्त टोलमा अधिकांश ज्याला, मजदुरी गरी बिहान बेलुकाको छाक टार्न जोहो गर्ने समुदायको बसोबास रहेको छ ।
माइती नेपालले पौष्टिक खाना बितरण संग–संगै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत प्रशिक्षण समेत प्रदान गर्दै आएको शान्ति कामना टोलकी शारदा नेपालीले बताइन् । ‘माइती नेपालले हामीलाई एक हप्ता सम्म पौष्टिक खाना पनि खुवायो । यतिमात्रै नभएर कोरोनाबाट बच्ने उपाय र लैङ्गिक हिंसा बिरुद्ध के–कसरी जोगिने, लैङ्गिक हिंसा न्युनिकरणका लागि आफ्नो घरबाटै पहल गर्न सकिने जस्ता कुराहरु अवगत गराएको छ ।’ शारदा नेपालीले भनिन् ।
आफुहरुलाई माइती नेपालले एक हप्ता सम्म यसरी पौष्टिक खाना खुवाएको गुन कहिल्यै नभुल्ने पार्वती लुहारको भनाइ छ । आफ्ना टोलबासीलाई एक हप्ता सम्म गुणस्तरिय खाना खुवाएकोमा टोलका अध्यक्षले समेत माइती नेपाललाई धन्यवाद ज्ञापन गरे ।

























