गौरव बिष्ट /झलारी – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको एक मात्र क्याम्पस कृष्ण वैजनाथ वहुमुखी क्याम्पस झलारीमा अध्यनरत विद्यार्थीहरुले घरैवाट परिक्षा दिन सक्ने भएका छन ।



त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कृष्ण वैजनाथ वहुमुखी क्याम्पस झलारीमा अध्यनरत विद्यार्थीहरुका लागी क्याम्पसमै परिक्षा केन्द्र रहने गरी स्वीकृत गरी पठाएपछी विद्यार्थीहरु घरवाट आएर सहजै रुपमा परिक्षा दिन सक्ने भएका हुन ।
प्र्रत्येक वर्ष घरवाट टाढा सदमुकाम महेन्द्रनगर गएर परिक्षा दिनु पर्ने वाध्यतामा रहेका विद्यार्थीहरुका लागी विश्व विद्यालयले आफुले अध्ययन गरीरहेकै क्याम्पसमा परिक्षा केन्द्र सञ्चान गर्ने भनि पत्राचार गरी पठाएपछी विद्यार्थीहरु हर्षित भएका छन ।
त्रिभुवन विश्व विद्यालय (त्रिवि)वाट सम्वन्धन प्राप्त यस कृष्ण वैजनाथ वहुमुखी क्याम्पस झलारीमा हाल शिक्षा शास्त्र र व्यवस्थापन विषयमा ५ सय १८ जना विद्यार्थीहरु अध्यनरत रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष उद्धवराज भट्टले वताउनु भयो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अवको केही दिनमै सञ्चालन गरिने लागेको उहाले वताउनु भयो ।
विश्व विद्यालयले भौतिक उपस्थितिमै विद्यार्थीको परीक्षा लिन सक्ने गरी सम्वन्धीत क्याम्पसमै परिक्षा केन्द्रको व्यवस्था गरेको समेत जनाएको छ ।

























