२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बैतडीको पाटन नगरपालिले भारतमा काम गर्ने २७५ नागरिकको गर्‍यो बीमा

बैतडी । बैतडीको पाटन नगरपालिकाले गएको आर्थिक वर्षमा त्यस क्षेत्रबाट भारतमा काम गर्ने दुई सय ७५ जना आप्रवासी कामदारको बीमा गरेको जनाएको छ ।

ग्रामिण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीले अक्सफाम नेपालको सहयोगमा सञ्चालन गरेको आर्थिक उत्थानशील कार्यक्रम र नगरपालिकाको संयुक्त सहकार्यमा आप्रवासी कामदारहरुको बीमा गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

भारतमा काम गर्ने नेपालीहरु विभिन्न जोखिममा पर्न सक्ने भएकाले उनीहरुको परिवारलाई सहयोग होस् भनेर बीमा कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख चन्दले बताउनुभयो । पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत गएका नागरिकको तथ्यांकलाई व्यवस्थित बनाउने र सोही अनुसार बीमा कार्यक्रमलाई अघि बढाइने उहाँको भनाइ छ ।

गएको आर्थिक वर्षमा बीमा गरिएका दुई सय ७५ जनामध्ये एक जनाको रोजगारीकै सिलसिलमा भारतमा ज्यान गएपछि उनका आश्रित परिवारलाई बीमा रकम समेत उपलब्ध गराइएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो ।

पाटन नगरपालिका ६ का नरेन्द्र भण्डारीको रोजगारीको सिलसिलामा भारतमै ज्यान गएको र उहाँका आश्रित परिवारलाई बीमा बापतको १ लाख ५० हजार रुपैयाँ र किरिया खर्च बापतको १० हजार रुपैयाँ उपलब्ध गराइएको जोशीले बताउनुभयो । 

रोजगारीका लागि खाडी लगायत अन्य देशमा जाँदा बीमा अनिवार्य हुनुपर्ने भए पनि भारतमा जाँदा बीमा अनिवार्य नभएकाले स्थानीय सरकारहरुले यसमा ध्यान दिनुपर्ने नगरप्रमुख चन्दले बताउनुभयो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।