२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कोरोना भाइरसविरुद्धको खोप बाध्यकारी हुने छैनः बाइडेन

काठमाडौं, २० मंसिर । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् ।

खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने सम्बन्धमा निर्णय गर्ने अधिकार हुने बाइडेनले बताएका हुन् ।

यसअघि सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले पहिलोपटक घर भित्रै रहँदा पनि मास्कको प्रयोग गर्न सुझाव दिएको थियो । अमेरिका उच्च संक्रमणका दरको चरणमा प्रवेश गरेको भन्दै सिडिसीले घर भित्रै बस्दा पनि मास्क लगाउनु पर्ने बताएको हो ।

शुक्रबार अमेरिकामा कोभिड–१९ बाट २५ सय भन्दा धेरैको ज्यान गयो भने झण्डै दुई लाख २५ हजार संक्रमित थपिए ।

अहिलेसम्म अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ४३ लाख ३७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म दुई लाख ७८ हजार ६ सय अमेरिकीको ज्यान गएको छ ।

आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने बाइडेनले आफ्नो शपथग्रहण समारोह सीमित व्यक्तिको उपस्थितिमा हुने पनि बताएका छन् ।

तेस्रो चरणको परीक्षणमा ९५ र ९४ प्रतिशत प्रभावकारी देखिएका फाइजर र मोदेर्नाका खोपले अमेरिकामा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा निवेदन दिएका छन् ।

बेलायतले फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ ।

अमेरिकाले डिसेम्बरको मध्यसम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना छ ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिका रुपमा मेरो शक्तिले भ्याएसम्म मैले खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने छु । तर कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्तिको निर्णयको कुरा हो ।’

हालै भएको एक अध्ययन अनुसार मात्रै ६० प्रतिशत अमेरिकीहरु कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि तयार छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।